


कमल थापा र दीपक सिंहसहित सात जना रिहा

काठमाडौं- राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना रिहा भएका छन् । आइतबार दिउँसो पक्राउ परेका एक जनाबाहेक अन्य सात जनालाई छाडिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका डा राजीव झालाई भने प्रहरी हिरासतमै छन्। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेर भिडमा अपशब्द बोल्ने काम गरेकाले उनलाई हिरासतमै राखिएको हो।

