


राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका राप्रपा सांसद दिपक सिंह काठमाडौं प्रहरी परिसरबाटै पक्राउ परेका छन्।
गेटबाट भित्र पस्ने क्रममा प्रहरीलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले प्रहरीमाथि दुर्व्यवहार गरेकाले नियन्त्रणमा लिएको बताए। बोहराले भने, ‘गेटमा ड्युटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गर्नुभयो। हामीले त्यसपछि नियन्त्रणमा लिएका हौं।’
सिंहसँगै आइतबार पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापासहित सातजनालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ गरेको थियो ।
राजावादी समूहले बिहिबारदेखि काठमाडौं प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा उनीहरूले नारायणचौर क्षेत्रमा आइतबार प्रदर्शन गरेका थिए।

