अवैध डलरसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


काठमाडौं- अन्तर्राष्ट्रिय हवाइमार्ग प्रयोग गरी अवैध रूपमा अमेरिकी डलर चीन लैजान खोज्ने एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३२ वर्षीय साओच्युन ल्यौ रहेका छन्। उनी एयर चाइनाको उडानमार्फत चीन जान लागेका बेला शुक्रबार बिहान सुरक्षा चेकिङका क्रममा ह्याण्ड ब्यागबाट अवैध अमेरिकी डलर फेला परेपछि पक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रको सुरक्षा स्क्यानिङमा शंका लागेर गरिएको जाँचपछि डलर फेला परेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट ल्यौले नेपालमा विदेशी मुद्राको कारोबारसम्बन्धी नियम उल्लङ्घन गरेको आशंका गरिएको छ।

अब उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ।

 

प्रतिक्रिया