राजावादी प्रदर्शनमा घुसपैठको आशंका, तीन जना नियन्त्रणमा


काठमाडौं – काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार साढे ३ बजेतिर दुई जनालाई पक्राउ गरिएको थियो भने पछिल्लो समय थप एक जनालाई नियन्त्रणमा लिइएको हो।

राजसंस्थाको पुनर्स्थापनालगायत माग राख्दै राजावादी समूहले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। उपत्यकाका सात स्थानबाट सुरु भएको जुलुस भृकुटीमण्डपमा पुगेर समापन भएको छ।

प्रतिक्रिया