


जेन-जीलाई ३ प्रतिशतमा ऋण दिन ७३ करोड बजेट

काठमाडाैं- आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमलाई प्रवर्द्धन गर्ने घोषणा गरेका छन् । उनका अनुसार अब काम खोज्ने युवामात्र होइन, काम दिने युवा उत्पादनमा सरकारले जोड दिनेछ ।
स्टार्टअप उद्यमशीलता बढाउन सरकार, विश्वविद्यालय र निजीक्षेत्रको सहकार्यमा इन्कुबेसन सेन्टरहरू सञ्चालन गरिनेछ ।
यस्ता स्टार्टअपलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य श्रृंखलामा आबद्ध गराउनका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरिने छ । त्यसका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सरकारको लक्ष्य जेनजी पुस्तालाई व्यवसायिक र उद्यमशील बनाउँदै देशभित्रै रोजगारी सिर्जना गर्ने रहेकाे पाैडेलले बताए ।

