सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का गरिने


काठमाडाैं- सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ । बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् ।

‘समस्याग्रस्त सहकारीका सञ्चालक पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति एवं राहदानी रोक्का राखिनेछ,’ उनले भने । उनले अपचलनकर्ताहरूको सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न कोष खडा गरिने बताए ।

प्रतिक्रिया