


एमालेद्वारा गणतन्त्र उत्सव: झाँकीसहितको र्याली भृकुटीमण्डपमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आयोजना गरेको गणतन्त्र उत्सवका लागि देशका विभिन्न स्थानबाट झाँकीसहितका र्यालीहरू काठमाडौंको भृकुटीमण्डपमा जम्मा भएका छन्।
पद्मकन्या क्याम्पस अगाडि, बागबजार, अनामनगर लगायत क्षेत्रहरूबाट सुरु भएका र्यालीहरू आ–आफ्नो परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डपमा पुगेका हुन्। कार्यक्रममा देशको सांस्कृतिक विविधता झल्किने झाँकी र उत्सवमय वातावरण देखिएको छ।
भृकुटीमण्डपमा भेलाभएपछि बृहत् र्याली रत्नपार्कतर्फ प्रस्थान गरेको छ, जहाँ औपचारिक सम्बोधनसहित कार्यक्रम समापन हुने बताइएको छ।
एमालेले गणतन्त्रको सम्मान र सुदृढिकरणका लागि आयोजना गरेको यो उत्सवमा पार्टीका शीर्ष नेताहरु, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको छ।

