धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु


धादिङ- धादिङमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गल्छी गाउँपालिका-५ रैलेका चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।

आफ्नै घरको पिँढीमा जडान गरेको गहुँ, मकै, कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासी मेसिनमा सट भई करेन्ट लागेर उनको घटनास्थलमा मृत्यु भएको हो ।

मुचुल्कापछि उनको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया