

अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट !

काठमाडौं – प्रविधिलाई पछ्याउदै विकसित देशहरुको सुचीमा नेपाल पनि पर्न थालेको छ । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने भएको छ ।
१० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डको बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् ।
पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीहरुलाई स्वीकृति पत्र दिने निर्णय गरेको छ । यदि कुनै कम्पनीले त्यसरी सेवा दिन इच्छुक रहेको निवेदन दिएमा नो अब्जेक्सन लेटर ९एनओसी० उपलब्ध गराउने निर्णय भएको उनले बताए ।
योसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो देश भएको छ । हाल अफगानिस्तान र भारतमा पनि यस्तो सेवा सञ्चालनमा छ । यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिएका थिए । तर, यो विषयमा आवश्यक कुनै नीति हुँदा स्वीकृती प्रदान गर्न सकिएको थिएन ।

