

स्टाफ तथा कमाण्ड तालिमका लागि पास हुने यी हुन् १० अधिकारी

काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजको छनौट परीक्षाको लिखित पास गरेका छन् ।
हालै लिइएको परीक्षामा सशस्त्र प्रहरी बलका ३७ अधिकारीहरु परिक्षामा सहभागी भएकोमा १० जनामात्र उत्तीर्ण भएका छन् ।
उत्तीर्ण १० मध्ये २ जना कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रहेका छन् भने ८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रहेका छन् ।
पास हुनेमा कामु एसएसपीद्वय मनीष थापा र कृष्ण ढकाल छन् भने डीएसपीहरुमा सुरेश गैरे, दलबहादुर पाण्डे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री, प्रमोद कुमार भारतीय, राधेश्याम धिमाल, सन्तोष बहादुर सिंह र चेतराज जोशी छन् ।
उक्त नतिजाअनुसार डीएसपी सुरेश गैरेले पहिलो नम्बरमा नाम निकालेका छन् । लिखित उत्तीर्ण परिक्षार्थीहरुको आगामी साता प्रयोगात्मक र अन्तर्वार्ताको परिक्षा हुने त्रिभुवन विश्वविद्यालय स्रोतले जनाएको छ ।

