


संसद अवरुद्ध हुँदा प्रधानमन्त्री निवासमा कांग्रेस नेतृत्वको भेट

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालुवाटारमा भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंका अनुसार यो भेट नियमित प्रकृतिको हो। “प्रधानमन्त्रीसँग मन्त्रीहरू नियमित भेट गर्नुभएको हुन्छ,” उनले जानकारी दिए।
यद्यपि, यो भेटलाई भिजिट भिसा प्रकरणसँग जोडेर विशेष चासोका साथ हेरिएको छ। विपक्षी दलले गृहमन्त्री लेखकको राजीनाको माग गर्दै संसद अवरुद्ध पारेको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन।
यही विवादको पृष्ठभूमिमा देउवा, लेखक र पौडेलसहित प्रधानमन्त्री ओलीबीच भएको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

