राेजगार मेला : आफूले छानेको कम्पनीमा जागिरको व्यवस्था


काठमाडौं – आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्टले आयोजना गरेको उक्त कार्यक्रम आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा हुन लागेको यो जब फेयरमा ५० भन्दा बढी कम्पनीमा रोजगारीको अवसर प्राप्त हुने उल्लेख गरिएको छ । आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार विस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ ।

‘हामिले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो । पहिलो वर्ष नै ४० भन्दा बढी कम्पनीले विश्वास गरेका कारण नै हामीले पूर्ण सफलताका साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,’ उनले भनिन्, ‘यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो ।’

फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमीकाे वेबसाइटमा गइ इम्प्लोयर जोनमा लगइन गर्नुपर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ ।

देशभरका मानिसले एकैसाथ यो प्लेटफर्ममा भिजिट गरी आवश्यकता अनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कतिपय कम्पनीले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

प्रतिक्रिया