

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठक आधा घन्टाको लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा सञ्चालमा बाधा उत्पन्न गरेपछि सभामुख देवराज घिमिरेले आधाघन्टाका लागि स्थगित गरेका हुन् ।

