राष्ट्रपति भेट्न शितलनिवास पुगे अर्थमन्त्री पाैडेल, बजेटबारे गरे ब्रिफिङ


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् ।

मङ्गलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले भेटेका हुन् ।

उक्त भेटमा राष्ट्रपति पौडेललाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर अर्थमन्त्रीले ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।

प्रतिक्रिया