जाँदा असई, फर्कँदा सई…

सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी शेर्पाको भव्य स्वागत


काठमाडौं — विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल पहिलो महिला प्रहरी प्रहरी नायब निरिक्षक (सई) कुञ्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरियो ।

उनी नेपाल प्रहरीको संगठनबाट सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला कर्मचारी हुन् ।

शेर्पाले सोमबार बिहान सगरमाथा शिखर आरोहण गरेकी थिइन् । त्यसपछि प्रहरी महानिरीक्षक (आईजिपी) दिपक थापाले शेर्पालाई एक तह विशेष बढुवा गर्ने निर्णय गरेका थिए ।

उनी सगरमाथा चढ्न जानुअघि प्रहरी सहायक निरिक्षक (असई) थिइन्  भने सगरमाथा चढेर अहिले राजधानी आउँदा भने प्रहरी नायब निरिक्षक (सई) बनिसकेकी छिन् ।

उनलाई विमानस्थलमा स्वागत गर्नका लागि नेपाल प्रहरीका प्रवक्ताका साथै नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रहरी बरिष्ठ नायब निरिक्षक (बरिष्ठ सई) पुरुषोत्तम नेपालीका साथै प्रहरी उच्च अधिकृतहरु उपस्थित थिए ।

शेर्पालाई केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रमेश थापा, एसपी बसुन्धरा खड्कालगायतका उच्च अधिकृतहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया