

सहकारी ठगीमा एमालेका नेता अर्याल पक्राउ

काठमाडौं- सहकारीको ऋण नतिरी फरार भएका आरोपमा लागेका एक व्यक्ति पक्राउ परेका छन् ।
सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाको रकम ठगी प्रकरणमा नेकपा एमालेका नेता कृष्ण अर्याल पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी आफैँ सञ्चालक समितिमा रहेर सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठ ३० गते एघार लाख पचास हजार ऋण लिएका थिए । पछि भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेको उनीमाथि आरोप छ ।
अर्याल एमाले पर्यटन विभागका सदस्य हुन् ।

