एक साताका लागि स्थगित भयो राष्ट्रिय सभा बैठक


काठमाडौं — राष्ट्रिय सभाको बैठक एक सातासम्म स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १४ जेठसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

त्यसअघि बुधबारको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गर्‍यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेश गरेको ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

प्रतिक्रिया