

विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर

काठमाडौं- सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ ।
तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।

