कैलालीमा सडकमै बेथा लागेकी महिलाको प्रहरी जवानको सहयोगमा सुरक्षित प्रसूति


कैलाली- कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवतीको सुरक्षित रूपमा प्रसूति गराइएको छ। सडकमा बेथा लागेको अवस्थामा भेटिएकी ती महिलालाई प्रहरीले मानवीयता प्रदर्शन गर्दै उद्धार गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीअन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रीका देउवाले ती महिलालाई सडक छेउमा पीडामा रहेको देखेपछि तुरुन्तै स्थानीय बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारिन्। त्यहीँ महिलाको सुरक्षित रूपमा सुत्केरी गराइयो।

सुत्केरीपछि प्रहरी जवान देउवाले आमा र नवजात शिशुलाई पद्मा अस्पताल, अत्तरिया सम्म आफैं ल्याएर उपचारका लागि भर्ना गराइन्। अस्पताल स्रोतका अनुसार हाल दुवैको स्वास्थ्य अवस्था सामान्य छ।

यस घटनाले सुरक्षाकर्मीले आपतबेलामा देखाउन सक्ने मानवीय पक्षको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया