

राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै बनाऔंः सांसद खतिवडा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय एउटै र निवास फरक बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
आईतबार सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।
सरकारको खर्च कटौती हुने बताँउदै उनले भने, ‘सार्वजनिक ऋण अहिले २६ अर्ब पुगेको र साधारण खर्च राजश्वले धान्न सक्ने अवस्था छैन् । ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ । यसका लागि खर्च कटौती कसरी गर्न सकिन्छ, त्यतातिर सरकारको ध्यान जानुपर्दछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका कर्मचारी एउटै रहने, निवास फरक रहने व्यवस्था भयो भने अलिकता यसलाई सहजता हुन्छ ।’

