

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रम शुक्रबार दिउँसो एक जना बेपत्ता भएका छन् । कालीकोट जल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा घर भएका बुद्धिसिंह विष्टका १६ वर्षीया छोरा बिराज विष्ट पचालझरना गाउँपालिका–८ कर्णाली नदीको चाटेबगरमा कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्लाको पचालझरना गाउँपालिका गाउँपालिकामा दिदीलाई भेट्न गएको बेला नुहाउने क्रममा विष्ट बेपक्ता भएको र उनको खोजीका लागि अहिले स्थानीय, तीन वटा प्रहरी युनिट लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी बीरबहादुर सुनारले बताए ।

