खैरो हेरोइनसहित धनगढीबाट समातिए प्रकाश


कैलाली – धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन ।

खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ मनेहरा बस्ने २२ वर्षीय प्रकाश रानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया