

सरकार र थरूहट संघर्षसमितिबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुरु भएको छ ।
मंगलबार सुरु भएको वार्तामा वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ ।
सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको हो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् ।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी वार्ता टोलीमा रहेका छन् ।

