६ अर्ब माथिकाे रकम कारोबार हुँदा ३२ अंकले बढ्यो नेप्से


काठमाडौं – कारोबारको दोस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समय सम्म आउँदा ३२ अंकले बढेको छ । आज परिसुचक १.२६ प्रतिशत अर्थात ३२.१५ अंकले बढेर २५७५.६६ को बिन्दुमा पुगेको नेप्से २५४३.५१ को बिन्दुबाट कारोबार सुरु भएको थियो ।

यस्तै, सेन्सेटिभ परिसुचक ६.१९ अंकले बढेर ४५६.१० को बिन्दुमा पुगेको छ । कारोबारका १३ उपसमुह मध्ये व्यापार समुह २९.७ अंक र उत्पादक समुह ०.२२ अंकले ओरालो लागेका छन् भने बाँकी उपसमुह भने उकालो लागेका हुन् ।

अन्तिम समय सम्म कारोबारमा आएका २०९ कम्पनी मध्ये १२५ कम्पनीको शेयरमुल्य बढेको भने ३३ कम्पनीको शेयरमुल्य घटेको र २० कम्पनीको स्थिर रहेको हो ।

यसैगरी, कारोबारमा आएका उक्त कम्पनीले १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६८ हजार ६४५ पटक खरिद बिक्री हुदाँ ६ अर्ब १८ करोड ५६ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया