

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा भेटवार्ता भएको छ।
खुमलटारमा पार्टी बैठक सकेर प्रचण्ड सिंहदरबार पुगेका थिए। भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल र माओवादी नेता वर्षमान पुन पनि सहभागी छन्।
भेटअघि द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्री ओलीसँग भेट गरी सिफारिस प्रक्रिया पारदर्शी बनाउन माग गरेका थिए।

