

माधव नेपाल र झलनाथ खनाल आन्दोलनरत शिक्षकसँग सडकमा

काठमाडौं- विगत २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूलाई समर्थन जनाउँदै दुईजना पूर्वप्रधानमन्त्रीहरू सडकमा उत्रिएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सोमबार शिक्षक आन्दोलन स्थलमा पुगेर ऐक्यवद्धता व्यक्त गरेका हुन्। उनीहरूसँगै नेकपा एसका अन्य नेताहरू पनि आन्दोलनमा सहभागी भएका छन्।
शिक्षकहरू विद्यालय शिक्षा ऐन संशोधन र आफ्ना पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै लगातार आन्दोलनमा छन्। पूर्वप्रधानमन्त्रीहरूकै समर्थनले आन्दोलनलाई थप राजनीतिक ऊर्जा मिल्ने देखिएको छ।

