कास्की पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु


पोखरा – कास्कीमा पदमार्ग निर्माणमा खटिएका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडे चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन्।

संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

चट्याङ परेको स्थानमा पुग्नलाई पोखराबाट दुई दिनको समय लाग्छ।

 

प्रतिक्रिया