

सरकारी वकिलकाे कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार

कैलाली – जिल्ला सरकारी वकिलकाे कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएकाे बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरकाे टाेलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएकाे थियाे ।
महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेकाे भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टाेलीले माथिल्लो निकायमा रिपोर्ट गरेकाे थियाे ।
दमाईकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेकाे अभियाेग लागेकाे छ ।

