

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

काठमाडौं — नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।
पूर्व स्वास्थ्यराज्य मन्त्री समेत रहेका डंगोल लामोसमयदेखि बिरामी रहेका थिए ।
डंगोल २०६३/६३ को जनआन्दोलन परिचालन संयुक्त समितिको फिल्ड कमान्डर रहेका थिए ।
उनले सबै सम्पत्ति ‘तेज तिर्थ ट्रष्ट’को नाममा बुझाएका थिए ।
२०४३ सालमा तत्कालिन काठमाडौं नगर पञ्चायतको उपप्रधानपञ्च समेत रहेका डंगोल पटक–पटक जेल समेत परेका थिए ।

