

एनएसएल फुटबलः उपाधिका लागि पोखरा र ललितपुर आज भिड्दै

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

