

थाइल्याण्डबाट फर्किएका देउवाले सत्ता समीकरणबारे मुख खोले

काठमाडौं – पछिल्ला दिनमा नेपाली राजनीतिमा सत्तासमीकरण परिवर्तनको चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सार्वजनिक प्रतिक्रिया ‘मलाई थाहा छैन’ भन्ने वाक्यमा सीमित देखिएको छ ।
थाइल्याण्ड भ्रमण सकेर फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिंदै सत्ता गठबन्धनमा ‘कुनै खटपट नभएको’ दाबी गरे ।
देउवाले भने, “सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, थाहा छैन मलाई ।” यही प्रतिक्रिया उनले फेरि दोहोर्याए, “गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन ।”
स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा केही असन्तोषको तरंग देखिएको छ । जसलाई कांग्रेसले पनि चासोका साथ हेरिरहेको बताइन्छ।
थाइल्यान्ड भ्रमणबाट फर्किएका देउवाले कुनै राजनीतिक रणनीति लिएर फर्किएको अनुमान गरिएको छ । तर उनले सबै आशंका खण्डन गर्दै सत्ता समीकरणबारेको बहसलाई सहजै पन्छ्याएका छन् ।

