कांग्रेस नेता शशांकले गरे चियापनको आयोजना


काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा उनले आफ्नै निवास महाराजगंजमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

उनले सीमित व्यक्तिहरूलाई निमन्त्रणा गरेको बताइएको छ । शशांकले आजै नेपाली कांग्रेस संस्थापनपक्षका सात नेताहरूको बैठक पनि बोलाएका छन् ।

संस्थापनपक्षका सात नेताले आगामी १५औँ महाधिवेशनमा आफ्नो पक्षको साझा उमेदवार चयन गर्नेसहित त्यसअघि पार्टीको अवस्थामा सुधारको पहल गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया