

प्रहरी जवानको नक्कली परीक्षार्थी बनेका शाही स्ववियु सचिव पदबाट निष्कासित

काठमाडाैं- प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी बनेको आरोपमा पक्राउ परेका अस्कल क्याम्पसका अनेरास्ववियु सचिव गोपालबहादुर शाहीलाई निष्कासन गरिएको छ।
शाही सोमबार रत्नराज्य स्कुल, मध्यबानेश्वरमा अर्कै व्यक्तिको सट्टा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनी गत स्ववियु निर्वाचनमा अस्कल क्याम्पसको सचिव पदमा विजयी भएका थिए ।
घटनापछि अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले उनलाई सचिव पदबाट निष्कासन गरेको जनाएको छ । अर्कोतर्फ, अनेरास्ववियु अमृत क्याम्पस कमिटीले पनि एक विज्ञप्ति जारी गर्दै घटनाबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अनुसन्धानमा सहयोग पुर्याउन गोपालबहादुर शाहीलाई सचिव पदबाट अस्थायी रूपमा मुक्त गरिएको जानकारी दिएको छ ।

