प्रदर्शन सकिएपछि राप्रपाले बाेलायाे कार्यसम्पादन समितिको आकस्मिक बैठक


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका प्रमुख नेताहरूको पक्राउपछि अपराह्न ४ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने बताइएको छ ।

आह्वानमा आइतबार राजधानीमा विरोध प्रदर्शन सम्पन्न भइसकेकाे छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यो प्रदर्शन राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको थियो ।

राप्रपाका नेता र कार्यकर्ताहरु बिजुली बजारमा भेला भएर नाराबाजी गर्दै प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनकारीहरूले बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रको नजिक पुगेर प्रदर्शन गरेका थिए ।

त्यस्तै, सिंहदबारस्थित संसदीय दलको कार्यालयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पर्चा र नारासहित प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

 

प्रतिक्रिया