

गभर्नर नियुक्तिविरुद्ध परेका रिट ‘हेर्न भ्याइने’मा

काठमाडौं- गभर्नर नियुक्तिसँग जोडेर सर्वोच्चमा परेका रिटहरुको सुनुवाइ ‘हेर्न नभ्याइने’मा परेको छ।
गभर्नरको नियुक्तिको लागि उमेर हद नलाग्ने गरी संशोधन भएको मापदण्डविरुद्ध परेको रिटमा अन्तरिम आदेशमाथि छलफल गर्न आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’सूचीमा परेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गरेर उमेर नलाग्ने निर्णयविरुद्ध रिट हालेका थिए । नेपाल राष्ट्र बैंकमै कार्यरत गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी सत्ता गठबन्धनले गरेपछि उनको योग्यतामाथि प्रश्न गर्दै थापा र उपे्रतीले शुक्रबार पुरक निवेदन दर्ता गरेका थिए ।
त्यसमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरकालीन अन्तरिम आदेश दिँदै आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल गर्न आइतबार (आज) पेशी तोकिएको थियो ।

