

राप्रपा अध्यक्ष लिङ्देनसहित राप्रपाका नेताहरू पक्राउ

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।

