परिवारसहित किन थाइल्याण्ड गए देउवा ?


काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित थाइल्याण्ड गएका छन् । स्वास्थ्य परीक्षण र पारिवारिक भ्रमणका लागि उनी आइतबार दिउँसो १:४६ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवासँगै उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा, स्वकीय सचिव भानु देउवा, छोरा र बुहारी पनि थाइल्याण्ड गएका छन् । पौडेलले जानकारी दिएअनुसार, यसअघि पनि देउवाको स्वास्थ्य परीक्षण बैंककमै भएकाले यसपटक पनि परीक्षणका लागि त्यहीँ जान लागिएको हो ।

पौडेलले देउवाको यो भ्रमण पूर्णतः पारिवारिक भएको र कुनै राजनीतिक भेटघाट तय नभएको स्पष्ट पारे । देउवा परिवार वैशाख १२ वा १३ गते नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

यतिबेला सत्ता गठबन्धनभित्र गभर्नर नियुक्तिलगायतका विषयमा असहमति देखिए पनि कांग्रेस–एमालेबीच केही सहमति बनेको भनिएको छ । यस्तो समयमै देउवाको विदेश भ्रमणलाई केही राजनीतिक विश्लेषकले विशेष चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया