

बानेश्वरमा राप्रपाकाे प्रदर्शन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले बानेश्वर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेको छ । गत चैत १५ गते पक्राउ परेका नेताहरुको रिहाइ माग गर्दै राप्रपाका नेता-कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले गृहमन्त्री राजीनामा दे, सरकार मुर्दावाद, हाम्रा नेता रिहाइ गर भन्दै नाराबाजी गरेका छन् । उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजिरहेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको जानकारी दिए ।

