७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्दै संयुक्त जनआन्दोलन समिति


काठमाडौं – संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने भएको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले देशका ७७ जिल्लामा समितिहरू निर्माण गर्ने तयारी सुरु भएको जानकारी दिएको छ ।

निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक आह्वान गर्दछौँ, कार्यवाहक संयोजक डा जगमान गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

490998968_1048613167082917_5252132666117166560_n

प्रतिक्रिया