नुवाकोट जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना, १० जना घाइते


काठमाडौं — काठमाडौंबाट नुवाकोट जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

नुवाकोट जाँदै गरेको बागमती प्रदेश ३(००१ज९३४ नम्बरको विद्युतीय माइक्रोबस नुवाकोटको गुरुङगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोमा रहेका १० यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) विक्रम लामाले जानकारी जनाए ।

घाइतेमध्ये दुई जना बालबालिका, ६ महिला र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरूको नुवाकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया