ओमान ८ विकेटले पराजित, नेपालको लगातार दोस्रो जित


काठमाडौं- आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले ओमानलाई हराएको छ ।

नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ११७ रन बनाएको थियो।

ओमानले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

नेपालले पहिलो खेलमा यूएईलाई ५ रनले हराएको थियो। नेपालले डक वर्थ लुइस स्ट्रेन(डीएलएस)अन्तर्गत यूएईलाई हराएको हो।

प्रतिक्रिया