वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी


काठमाडौँ –  वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।

उच्च अदालत पाटनले उनलाई आइतबार वैवाहिक बलात्कार कसुरमा सफाइ दिएको थियो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् । यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले २०८१ जेठमा उनलाइ दाेषी ठहर गरेको थियो ।

पत्नीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो ।

जाहेरीमा २०७९ चैत को २७ गते रातिदेखि २८ गते दिउँसोसम्म ८ पटक बलात्कार गरेको भन्ने थियो । तर, जाहेरीवालाले बकपत्रमा भने २८ गते बिहानको खाना सँगै पकाएर खाएको बताएकोले यो अभियोग शंकारहित तवरबाट स्थापित हुन नसक्ने  अदालतको ठहर छ ।

प्रतिक्रिया