

सुनसरीको सीमावर्ती क्षेत्रमा गोली चल्यो, एक जना घाइते

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो ।
उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट शिव कुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ। घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको दाहालले बताए ।
शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

