

नेपाललाई जितका लागि १७५ रनको लक्ष्य

काठमाडौं – हङकङमा जारी चारदेशिय टी–२० क्रिकेटमा नेपालले उपाधि हात पार्नका लागि १७५ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले कुवेतका लागि ब्याटिङको निम्तो दिएको नेपालले २० ओभरमा कुवेतलाई ७ ओभरमा १७४ रनमा रोकेको थियो ।
कुवेतका लागि रभीजा सन्दरवानले ६३ रनको शानदार पारी खेलेका थिए ।
त्यस्तै क्लिन्टो अन्टोले २६ रन बनाउँदा उसमान पटेलले २३ रन बनाएका थिए ।
कुवेतका लागि मीट भाभसरले १६ रन बनाएका थिए भने मोहम्मद अस्लामले १३ रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिएका थिए भने करण केसी र कुशल भुर्तेलले १/१ विकेट हात पारेका थिए ।

