वर्षाले काठमाडौंमा वायु प्रदुषण घट्यो


काठमाडौं-  तीनदिनदेखि परेको पानीले काठमाडौंको वायु प्रदूषण निकै कम भएको छ । संसारकै प्रदूषित सहर बनेको काठमाडौं अहिले एक्यूआइ इन्डेक्समा ४० औं नम्बरमा झरेको छ । इन्डेक्समा ६७ नम्बरसहित काठमाडौं ४० औं क्रममा झरेको हो ।

अहिले संसारकै सबभन्दा प्रदूषित ३ सहर चीनको रहेको छ । चीनको वुहाङ २५० नम्बरसहित पहिलो स्थानमा रहेको छ ।

केही हप्तादेखि प्रदूषण काठमाडौंलगायत नेपालका अन्य सहरमा पनि बढेको थियो ।

 

प्रतिक्रिया