हङकङसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा


काठमाडौं- हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा आज नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडे ।

पाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । तीन खेलमा दुई जीत र एक खेल नतिजाविहिन भएपछि नेपालको पाँच अङ्क भयो । एक खेल मात्र जितेको हङकङको तीन अङ्क छ । यसअघि कुवेतले कतारलाई हराएर चार अङ्क जोड्दै नेटरनरेटका आधारमा फाइनल पुगेको हो ।

हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल शुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भयो ।

नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो । टी–२० शृङ्खलाको फाइनल खेल भोलि हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।

प्रतिक्रिया