

चट्याङ लागेर भारतमा ८० जनाको मृत्यु

काठमाडौं- भारतको बिहार राज्यमा बाढी, चट्याङलगायतका प्राकृतिक विपद्का घटनामा हरेक वर्ष सयौँ मानिसको ज्यान जाने गरेको छ। जलवायु परिवर्तनका कारण मौसमसम्बन्धी घटनाहरू बढी देखिन थालिएको विज्ञहरूको भनाइ छ।
बिहारका विपद् व्यवस्थापन अधिकारीहरूले बिहीबार र शुक्रबार चट्याङ लागेर कम्तीमा ६१ जनाको मृत्यु भएको छ। यस क्रममा कृषि बालीमा समेत क्षति पुगेको बताइएको छ।
त्यस्तै भारतको सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा चट्याङ लागेर १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
गत वर्ष भारतमा चट्याङ लागेर एक हजार ९ सय जनाको मृत्यु भएको छ। आगामी दिनमा यस्ता घटनामा परेर मृतकको संख्या अझै बढ्न सक्ने विशेषज्ञहरूले बताएका छन्।

