नेपाल प्रहरीले माग्यो ११६ जनाका लागि दरखास्त (सूचनासहित)


काठमाडौं – नेपाल प्रहरीले ११६ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिकतर्फका विभिन्न उपसमूहतर्फ रित्तः रहेको प्राविधिक प्रहरी जवानका लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाअनुसार सञ्चार निर्देशनालयको इन्जिनिरिङ उपसमूहमा ७६ जनाको दरखास्त आह्वान गरिएको छ भने स्वास्थ्यतर्फ २९  जना मागिएको छ ।

त्यस्तै विधि विज्ञान, केनाइन र इन्जिनियरिङका तर्फ क्रमशः ३, २ र ६ जनाको दरखास्त आह्वान गरिएको छ ।

ती पदहरुका लागि आगामी वैशाख ७ गतेदेखि जेठ १२, २०८२ सम्म दरखास्त दिन सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया