

पियोर इनर्जीको आईपीओ खुल्यो, कहिलेसम्म त छ भर्न ?

काठमाडौं – सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ ।
सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याएको हो ।
यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।
न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

