काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना


काभ्रे – काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ।

दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।

चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया